कनकाई अनलाइन
झापा,बैशाख २।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झापा गाउँ कमिटीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ।
एक विशेष कार्यक्रमका बिच उक्त सहयोग रकम नेकपाका झापा गाउँ कमिटी अध्यक्ष रुद्र बजगाईंले झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहका साथै उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीलाई हस्तान्तरण गर्नुभयो।हस्तान्तरण कार्यक्रममा नेकपा झापा गाउँ कमिटीका सचिव गजेन्द्र ताम्ली लिम्बू,नेकपा झापा गाउँ कमिटीका इन्चार्ज भक्तबहादुर बानियाँ,वडा कमिटी अध्यक्ष राजेन्द्र श्रेष्ठ साथै सचिवालय सदस्यहरु,नेपाल मुस्लिम संगठनका केन्द्रिय सदस्य साजेमान शेख र जेवुल हक लगायतको उपस्थिती रहेको थियो।
राहत रकम हस्तान्तरण गर्दै यो पहिलो चरणको राहत रकम भएको र आवश्यकता परे अरु पनि सहयोग रकम थप्न सक्ने नेकपा झापा गाउँ कमिटीका अध्यक्ष बजगाईले बताउँनु भयो।कार्यक्रममा गाउँपालीका उपाध्यक्ष कुन्तीदेबी बुढाथोकीले नेकपाले यो विपदको घडीमा दिएको साथको प्रशंसा गर्दै सवैलाई धन्यबाद ज्ञापन गर्नुभयो।
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को झापा गाउँ कमिटीले वडाका सम्पुर्ण सक्रिय सदस्यबाट रकम संकलन गरेर उक्त सहयोग रकम जुटाएको हो।सहयोग रकम संकलन गर्नमा वडा-१ बाट माधब पोख्रेल,घनश्याम गणेश,प्रकाश यादब र जालिम मियाँले नेत्रीत्व गरेको नेकपाका झापा गाउँ कमिटीका सचिव गजेन्द्र ताम्लीले बताउँनु भयो।त्यस्तै वडा-२ बाट गौरी राजबंशी र भिम रिजाल,वडा-३ बाट देवी अधिकारी,रंगलाल दाहाल,लक्ष्मी उप्रेती,लोकमान श्रेष्ठ,जेवुल हक,वडा-४ बाट गोपाल खत्री,हरिबहादुर बस्नेत र साजेमान शेख,वडा-५ बाट रत्नप्रसाद दुलाल र झक्कुलाल तेबरत,वडा-६ बाट जितबहादुर कार्की,मोहन घिमिरे,संखर पाण्डे,तोर्णबहादुर कटुवाल र दिपक राई,वडा-७ बाट अमरध्वज माझी,जीवन लम्साल र दिलीप दासको नेतृत्व रहेको ताम्लीले बताउँनु भयो।