कनकाई अनलाइन
झापा,”बैशाख १।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को महामारीले देशका सबै स्थानीयतह विपदमा परिरहेको बेला झापा गाउँपालीका-७ निवासी इश्वरप्रसाद दाहालले यहाँ रहेका दुई अस्थायी क्वारेन्टाइनलाई २ वटा वायोस्याण्ड फिल्टर प्रदान गर्नुभएको छ।दाहालले झापा गाउँपालीकामा बनाइएका दुई वटा अस्थायी क्वारेन्टाइन डिल्लीराज मावि र जनता उच्च माविमा १/१ वटा वायोस्याण्ड फिल्टर प्रदान
गर्नुभएको हो।
दाहाल कनकाई वायोस्याण्ड फिल्टर उद्योगका प्रोपाइटर समेत हुनुहुन्छ।दाहालले एक विशेष कार्यक्रमका बिच झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई उक्त फिल्टर सहयोग गर्ने घोषणा गर्नुभयो।क्वारेन्टाइनमा बस्ने मानिसले स्वच्छ पानी पिउन भनी आफुले यस्तो सहयोग गरेको दाहालले कनकाई अनलाइनलाई बताउँनु भयो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।