कनकाई अनलाईन
कनकाई नगरपालिकाको दुर्गापुरस्थित सामुदायिक भवन क्वारेन्टाइनमा रहेका नगरवाशीहरुको हिजो प्रदेश स्वास्थ्य कार्यालयबाट आएका स्वास्थ्यकर्मीद्धारा स्वास्थ्य परिक्षण गरिएको छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई जिल्ला जनस्वास्थ्य कार्यालय तथा विपद व्यावस्थापन झापाका सचिव जीवन चम्लगाईँ पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली लगायातको रोहवरमा भएको स्वास्थ्य जाँचमा क्वारेन्टाइनमा रहनुभएका सबै ६ जनाको रिर्पोट नेगेटिभ आएको जिल्ला विपद व्यावस्थापन समिति झापाका सचिव जीवन चम्लगाईले बताउँनुभयो । अव उनीहरु सबैलाई अवको केहिदिन क्वारेन्टाइनमा राखि यसपछिपनि रिर्पोट नेगेटिभ आएमा सबैलाई केहिदिन होम क्वारेन्टाइनमा राख्नेगरि नगरपालिकाकै गाडीबाटै घर पठाउने तयारी गरिरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । कनकाईमा यसअघि रहनुभएका ७ जना क्वारेन्टाइनबाट आआफ्नो घर गइसक्नुभएको नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउँनुभयो ।
कनकाईको दुर्गापुरस्थित सामुदायिक भवनमा रहनुभएका एक जनालाई भने स्वास्थ्य जाँचको लागि अंञ्चल अस्पताल मेचीमा लगिएककोमा उहाँको पनि रिर्पोट नेकेटिभ आएको छ । हाल कनकाईको क्वारेन्टाइनमा रहनुहुने सबैको अवस्था सामान्य रहेको कनकाई नगरपालिका स्वास्थ्य प्रमुख ब्रजेश मेहेत्ताले बताउँनुभयो ।
तस्वीर ः दुर्गापुर सामुदायिकमा रहेकाहरुको रिर्पोट लिदै स्वास्थ्यकर्मी फोटो ः कनकाई अनलाईन