Kanakai Online

झापा गाउँपालीकामा नेपाल प्रहरीको कडा पेट्रोलिङ।


सोमवार, वैशाख १, २०७७ |

कनकाई अनलाइन

झापा,चैत ३०।झापा गाउँपालीकामा नेपाल प्रहरीको टोलीले आफ्नो गस्ती पेट्रोलिङलाई तिब्र बनाएको छ।

प्रहरीले आफ्नो ४१ जनाको जनशक्तीलाई गाउँपालीकाका सिमा क्षेत्र र चोक बजारमा तैनाथ बनाएको छ।प्रहरीले गाउँपालीकाले स्थापना गरेका अस्थाई क्वारेन्टाइनमा समेत प्रहरी परिचालन गरेको छ।माइकिङ मार्फत स्थानियबासीलाई लकडाउन उलंघन नगर्न अनुरोध समेत गरेको छ।यहाँका चोक बजारमा हुने भिडभाडलाई ठप्प बनाएको कुमरखोद इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनु भयो।जिम्बाका अनुसार नेपाल भारत सिमा क्षेत्रमा पनी प्रहरीले सक्रियताका साथ पेट्रोलिङ गरिरहेको छ।सिमा क्षेत्रमा हुने मानवीय घुषपैठको संका लागेमा तुरुन्त सुरक्षाकर्मीलाई खबर गर्न समेत जिम्बाले अनुरोध गर्नु भएको छ।

नेपाल प्रहरीले प्रहरी निरिक्षक सहितको १५ जनाको टोली थप भए संगै सुरक्षा सतर्कता बढाएको छ।कोभिड-१९ को संक्रमण फैलन नदिन सरकारले लकडाउनको घोषणा गरे संगै नेपाल प्रहरी पनी यसको पालना गर्न अहोरात्र सुरक्षामा खटिइ राखेको छ।यहाँका सिमीत स्रोत साधनलाई पनि अधिकतम प्रयोग गरि आफुहरु संबेदनशिल भई जनजिवनको सुरक्षामा अहोरात्र लागिपरेको जिम्बाको भनाई छ।

सम्बन्धित खबर