कनकाई अनलाइन
झापा,चैत ३०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-७ निवासी खिलराज थापा मगरले २५ हजार सहयोग गर्नुभएको छ।
हाल क्यानडामा बस्दै आउनु भएका मगरका बाबू दिलबहादुर र नन्दमायाले एक विशेष कार्यक्रमका विच उक्त रकम झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।हस्तान्तरण कार्यक्रममा समुदायमा आधारित विपद जोखिम न्यूनीकरण इकाइ समितीका संस्थापक सदस्य तथा दमक होटल व्यवसायी संघ कार्य समितीका सदस्य काजी राउत,झापा गाउँपालीका-७ का वडा सदस्य लोकबहादुर बस्नेत लगायतको उपस्थिती रहेको थियो।
मगरले यस अघि पनि टेकेन्द्र वचाउ अभियान,अम्बिका प्रसाईं वचाउ अभियान जस्ता विभिन्न सामाजिक कार्यमा सहयोग गरिसक्नु भएको छ।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।