कनकाई अनलाइन
झापा,चैत ३०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीका-७ निवासी पञ्कज कुमार मण्डलले ५२ हजार सहयोग गर्नुभएको छ।मण्डलले उक्त सहयोग रकम झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नु भएको हो।
मण्डल स्थानिय मदरगाछ बजारमा रहेको साउथ होराइजन अंग्रेजी विद्यालयका फाउन्डर समेत रहनु भएको छ।विश्वभर फैलिदै आएको कोरोना भाइरस(कोभिड-१९) लाई न्युनीकरण गर्ने उदेश्यले सरकारले तोकेको लकडाउनको सिमा भित्र रही लकडाउन कार्यान्वयन गर्ने सन्दर्भमा अती विपन्न ज्याला मजदुरी गर्ने श्रमिकहरुका लागि यो विपदको घडीमा केही सहायता होसभनी आफुले यस्तो सहायता गरेको मण्डलले कनकाई अनलाइनलाई बताउँनु भयो।
झापा गाउँपालीकाको राहत कोषमा जम्मा भएको यो सहयोग रकम ब्याक्तीगत तर्फबाट अहिले सम्मकै ठूलो सहयोग रकम हो।यो भन्दा अघि झापा गाउँपालीका-३ निवासी सागिरथ प्रसाद गणेशले व्याक्तीगत तर्फबाट ५१ हजार सहयोग गर्नुभएको थियो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।