Kanakai Online

कनकाई कोषमा सिम्रिक वचतको ५० हजार


आइतवार, चैत ३०, २०७६ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना कोषमा सिम्रिक वचत तथा ऋण सहकारी संस्था सुरुङ्गा साखाबाट ५० हजार रुपैँया सहयोग भएको छ ।
विर्तामोडमा मुख्य कार्यालय रहेको उक्त वचत सहकारीको सुरुङ्गा साखाले उक्त रकम कनकाई नगरपालिकाद्धारा स्थासित विपत कोषमा उक्त रकम जम्मा गरेको हो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर