Kanakai Online

कनकाई कोषमा कनकाई मजदुरको १५ हजार


आइतवार, चैत ३०, २०७६ |

कनकाई अनलाईन
आफ्ना नागरिकको उपचार तथा खाद्यान्न सहयोगका लागि स्थापना गरिएको कनकाई कोरोना कोषमा नेपाल स्वतन्त्र जडान तथा निर्माण मजदुर युनियान कनकाईले १२ हजार नगद र ३ हजार बराबरको पानी चाउँचाउ लगायातका खाद्य सामाग्री सहयोग गरेको छ ।
युनियानका अध्यक्ष केशर न्यौपानले लगायातले उक्त रकम नगरपालिकाद्धारा स्थापित विपत कोषमा जम्मा गर्नुभएको हो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर