कनकाई अनलाइन
झापा,चैत २९।झापा गाउँपालिकाको नेपाल भारत सिमामा पर्ने नौ स्थानमा अहिले ससस्त्र प्रहरी बल नेपालले अस्थायी पोस्ट खडा गरि भारतिय सिमामा हुने आवतजावत ठप्प पारेको छ।
सशस्त्र प्रहरी बल नेपाल बि ओ पीले टाघनडूब्बा बाट पन्थापाडा, सुकुम्बासी बस्ती, पेच्कानी टोल, बेलाइतीबारि, लसुना, सतारबस्ती, रसुरगन्ज, सालमारा बागान र सालमारा बस्ती गरि नौ स्थानहरुमा अस्थाई सुरक्षा पोस्ट स्थापना गरि चौबिसै घण्टा सुरक्षा गरि रहेको ससस्त्र प्रहरी बलका इनिस्पेक्टर सचिन प्रधानले बताउँनु भयो।
ससस्त्र प्रहरी बलले झापा गाउँपालीकाको सिमा क्षेत्रमा मात्र ४६ जनाको संख्यामा आफ्नो जनशक्ती परिचालन गरेको छ।गाउँपालीकाको नेपाल भारत सिमामा प्रत्येक करिव १५०० मिटरमा अस्थाई पोस्ट खडा गरि निगरानी बढाएको छ।चौविसै घण्टा सिमा क्षेत्रमा गस्ती गरि भारत बाट लुकिछिपी हुने आवातजावत समेत ठप्प पारेको इनिस्पेक्टर प्रधानले बताउँनु भयो।
यसरी ड्युटीमा खटिदा खानपिन र बसाईमा समस्या देखिएको छ।बस्ने भवन नहुदा घाम मा पनि ड्युटी गर्न बाध्य छन।देसको अवस्था संग लड्न सामान्य समस्याको पनि प्रवाह नगरी आफुहरु चौविसै घन्टा मनोवल उच्च राखी खटिइराखेको प्रधानको भनाई छ।
मुलुकमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको अबस्थामा सिमामा हुने मानिसको आवतजावत रोक्न ससस्त्रले सुरक्षामा कडाइ गरेको हो।