Kanakai Online

पतञ्जली योग समिती झापा गाउँपालीकाद्वारा २५० केजी आयोनुन।


शनिवार, चैत २९, २०७६ |

कनकाई अनलाइन

झापा,चैत २९।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा पतञ्जली योग समिती झापा गाउँपालीकाले २५० केजी आयोनुन प्रदान गरेको छ।

उक्त सहयोग पतञ्जली योग समिती झापा गापाका अध्यक्ष भबिन्द्र भण्डारीले झापा गाउँपालीका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।झापा गाउँपालीकाले विपन्न परिवारलाई वितरण गरेको राहत प्याकेजमा एक केजी आयोनुन पनी समाबेस भएकोले आफ्नो संस्थाले २५० विपन्न घरपरिवारलाई राहत होस भनी उक्त सहयोग गरेको योग समिती झापा गापाका अध्यक्ष भण्डारीले बताउँनु भयो।

झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर