कनकाईअनलाईन
कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कनकाई नगरपालीका-३ निवासी महिला नेत्री अम्बिका देबी खरेलका तर्फबाट नगद २१ हजार रुपैँया सहयोग भएको छ ।
खरेलले कनकाई नगरपालीका प्रमुख राजेन्द्र कुमार पोखरेललाई उक्त रकम हस्तान्तरण गर्नु भएको हो।नेकपा नेत्री समेत रहेकि खरेल कनकाईधाम धार्मिक बिकास संस्थाकि सचिब लगायतका विभिन्न संघ संस्थामा आवद्ध रहनुभएको छ।
यो राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने कनकाई नगरपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न प्रदान सुरु गरिने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।