कनकाई अनलाईन
कनकाई नगरपालिका ४ सुरुङ्गामा अहिले रासाययिक मल लिनेको भीड बढेको छ । सरकारले लक डाउन जारी राखि एक व्याक्ति र अर्को व्याक्ति विचको दुरी कम्तीमा ३ फिट बनाएर मात्रै खोक्न र अत्यावश्यक काम वाहेक घरबाहिर समेत नजान उर्दी जारी गरिरहेको छ । कोरोना भाइरसबाट वच्नका लागि अनावश्यक काम बाहेक हिडडुल गर्नेलाई ३ घण्टासम्म उभ्याएर कार्वाही गरिरहेपनि कनकाई नगरपालिका ४ सुरुङ्गामा भने आज विहान ६ बजेदेखिनै सयौँको भीड लागेको थियो । भने मल किन्नका लागि जम्मा भएका कृषकहरु लकडाउन र दुरीको कुनै प्रवाह नगरि हारालुस गरिरहेका थिए । उनीहरुमध्ये केहिले मात्रै मुखमा मास्क लगाएका थिए ।
हातमा बोरा बोकेका कृषकहरुको हुल हेर्दा कनकाई माइमेला वा कुनै कुम्भ मेला भन्दा कमको दृश्य यो थिएन । मानिसको भीड वढेको २ घण्टा पछि कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेल र इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरीले भीड नर्गन अनुरोध गरेपनि कृषक समुह बल्लतल्ल आएको मल नलिइ नजाने अड्डी कसेपछि केहि भीड कम भएपनि भीडको निरन्तता भने घटेन । कृषकलाई मल वितरणका लागि कुनै तयारी नगरि एक्कासी लामो समयमा मल दिदा सुरुङ्गामा एक्कैदिन कृषकको यत्रो भीड जम्मा भएको हो । कृषकको यो भीडले सरकारले गरेको लक डाउनको खिल्ली उडाएको मात्रै छैन । गाउँ गाउृँमा रोगको त्रास समेत वढेको छ ।