झापा,चैत २७।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा रानी सामुदायिक वन उपभोक्ता समितीले २५ हजार रुपैँया सहयोग गरेको छ।
समितिका अध्यक्ष नरेन्द्र आङदम्बे र सचिव पुस्प प्रसाईले उक्त सहयोग रकम झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।रकम सानो भएपनी यो विपत्तीमा हामी पनि छौ है भन्ने अनुभूति दिलाउन रानी वनले यो सहयोग गरेको समितीका अध्यक्ष आङदम्बेले बताउँनु भयो।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।