कनकाई अनलाईन
क्वारेन्टाइनको बसाई भन्ने वितिक्कै धेरैलाई पट्यारलाग्दो हुने लाग्दो हो । तर कनकाई नगरपालिकाको क्वारेन्टाइनमा १५ दिन वसेर आफ्नो घर फर्किएका ७ युवाभने घरजाने वेलामा निक्कै भावुक देखिए ।
कनकाई नगरपालिका १ स्थित दलित भवनमा रहेको क्वारेन्टाइन छाड्नुपहिले उनीहरुलाई स्वास्थ्य जाँच गराइएको थियो । सवैको स्वास्थ्य जाँच सहि आएपछि नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले सवैलाई निर्देशात्मक विचार राखेपछि नगरपालिकाको गाडीले सबैलाई घरघरमा छाडिदिएको थियो । जव घरजानका लागि गाडी स्टाड भयो सवैले टाटाको इशारा गर्दै हात हल्लाए त्यहाको माहौल वेग्लै बन्यो । क्वारेन्टाइनमा रहेकाहरुले आफुहरुले क्वारेन्टाइनमा वस्दा कुनै असुरक्षित र असुविधाको महसुस गर्नु नपरेको बताए ।
उनीहरुले चारपटक खाना खाजा , सौचालय र मनोरंजनका लागि २४ औ घण्टा फ्रि बाईफाई र नियमित स्वास्थ्य जाँच र आवश्यकिय औषधि समेत पाएको बताए । हाल उक्त क्वारेन्टाइनमा कनकाई नगरपालिकाका ७ जना रहेको कनकाई नगरपालिकाका लक्ष्मी अधिकारीले बताउँनुभयो । क्वारेन्टाइनका लागि २४ औ घण्टा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यावस्था गरिएको छ भने सोहि स्थानमा खाना पकाएर खुवाउने समेत व्यावस्था गरिएको छ । क्वारेन्टाइनमा रहेकाहरु सरकारले लक डाउन गरेपछि भारत तथा अन्य देशवाट नेपाल आएकाहरु रहेका छन ।