झापा,चैत २५।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा झापा गाउँपालीकाको कार्यालयमा कार्यरत कर्मचारीहरुले १ र २ दिनको तलब प्रदान गरेका छन।गाउँपालीकामा कार्यरत ५२ जना कर्मचारीहरुले उक्त रकम प्रदान गरेका हुन।
एक विशेष कार्यक्रमको आयोजना गरि उक्त सहायता रकम कर्मचारीका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत जिवन निरौला र लेखा अधिकृत लक्ष्मी खतिवडाले गाउँपालीकाका अध्यक्ष जयनारायण शाहलाई हस्तान्तरण गर्नुभयो।हस्तान्तरण कार्यक्रममा कार्यालयका कर्मचारीहरु गौरब संग्रौला,अभिषेक दास,बाबुराम निरौला,दिपेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो।
कुल ५५ हजार ४ सय ९८ रुपैयाँ हस्तान्तरण गर्दै गाउँबासीलाई यो विपदको घडीमा केही राहत होस भनी कर्मचारीहरुले यस्तो सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताउँनु भयो।
उक्त रकममा अधिकृत स्तरका कर्मचारीहरुले आफ्नो दुई दिनको तलब प्रदान गरेका हुन भने सहायक स्तरका कर्मचारीहरुले एक दिनको तलब प्रदान गरेका हुन।
झापा गाउँपालीकाको कोरोना राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।