Kanakai Online

कनकाईमा कोरोना राहत वुझ्नेकै घरभित्र फेला पर्यो २५ लाख नगद


आइतवार, चैत २३, २०७६ |

लीलाराज झापाली
कनकाई नगरपाकिला ४ कनकाई सामुदायिक वनको हाताभित्र बनाइएको सानो जंगलको झारपातले बारेको घर त्यहि घरमा बस्ने गर्छन ५१ ब्र्षिय ठाकुरसिंह राई जो बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गर्दछन । उनको लुगा लगाइको अवस्था हेर्दा पनि एक मगन्तेको भन्दा कम छैन ।

उनले लक डाउनका वेला बजारमा फोहोर टिप्न नपाएको र खाना खान नपाएको भन्दै कनकाई नगरपालिका ४ मा राहत लिने व्याक्तिको नाम पनि टिपाए । उनीभन्दा निक्कै हुनेखानेले समेत राहत भेटिरहेको वेला उनी ठाकुरसिंहले राहत नपाउने कुरै भएन वार्डअध्यक्ष गोविन्द पौड्यालले अरुभन्दा सुरुमै उनलाई राहत दिइपठाए । राहत बुझेर ठाकुरसिंह पनि घरमा राखे र अन्यत्रै लागे केहि काम विशेषले घरको दैलो लगाएर तर यतिक्कैमा बेलुकी ४ बजेतिर उनकै घरबाट अचानक घरमा आगो लाग्यो । घरमा ठाकुरसिंह नभएको हुदा उनका छिमेकी कनकाई सामुदायिक वनका पदाधिकारी र प्रहरीले आगो नियन्त्रणमा लिए ।

साथमा दमक नगरपालिकाको दमकलको समेत प्रयोग गरियो । आगो निभिसक्दा उनी लगायात अन्य २ घरपनि जलेर खरानी भइसकेको थियो । जसमा झकडबहादुर दर्जी र अमृता श्रेष्ठको पनि घर खरानी बनिसकेको थियो । ठाकुरसिंह त्यसवेलासम्म घरमा आइपुगेकै थिएनन । फुस्को घर बलिसक्न जम्मा मुस्किलले आधा घण्टा लागेको थियो भने बाकी आधा घण्टामा थप २ घर स्वाँहा । सबैले सोचेका थिए विचरा ठाकुरसिंहको हिजैमात्रै बुझेको त्यो ५ किलो चामल दाल, तेल , नुन र साबुन पनि जल्यो ।

जनप्रतिनिधि रोषन सुवेदी अव फेरि कुन तरिकाबाट उनलाई कोरोना राहत दिने भनेर सल्लाह गर्दै थिए । त्यसवेलासम्म घरधनी राई पनि रुदै कराउदै जलिसकेको घरमा आइपुगे जनप्रतिनिधि सुवेदी राईलाई सम्झाउदै थिए । एकाएक घटनाले नयाँ रुप लियो । जव कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले राईको घरमा गाडिएको एउटा ठुलो टिनको वाकसमा हजार र पाँचसय दरका बिटै बिटा भेटे । ओली भन्छन सुरुमा त त्यहा गार्डधन भेटिएको जस्तो लाग्यो म तिनछक्क परे त्यहा रहेका प्रहरी , रेडक्रस सोसाइटी सुरुङ्गामा अध्यक्ष प्रविन तिम्सिना जनप्रतिनिधि सुवेदी लगायातले त्यहाँ रहेको सबै पैसा जम्मा गरे जहाँ नजलेको मात्रै हजार र पाँचसय दरका सग्ला ९ लाख रुपैँया फेला पर्यो भने जलेका तर बैककमा साटन मिल्ने दरका थप ६ लाख रुपैँया फेलापर्यो बाकी जलेको कालो खरानीमात्रै राईले आफुसग बाकसमा २४ लाख ५० हजार भन्दा वढी रकम डेढ तोला सुन र १८ तोला चादी रहेको सुनाए ।

चादी फेला परेपनि सुन भने फेला परेन । राईलाई कसरी थप राहत दिलाउने भन्दै छलफलमा जुटेका जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेलापरेको पैसा गन्न समेत थप ३ घण्टा लागेको थियो । प्रहरीले फेला परेको उक्त पैसा इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखेको छ भने प्रहरी उक्त रकमको स्रोत वारे हाल गम्भिर अनुसन्धानमा जुटेको छ । कनकाई ४ का वडाअध्यक्ष गोविन्द पौड्याल यस घटनापछि फेसबुकमा लेख्नुहुन्छ । अब कसको विश्वास गर्ने राहत दिनेकै घरमा २५ लाखको बिटो फेला परेपछि ।

यता कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओली सुकुम्बासीको नाममा कनकाई सामुदायिक वन समुहको जग्गामा हुकुम्बासीले राज गरेको हाल प्रमाणित भएको अव उनलाई सो स्थानमा घर बनाउन नदिने र बाकी रहेका सच्चा सुकुम्वासीलाई अन्यत्रै व्यावस्थापन गरि राई जस्ता हुकुम्वासीलाई लखेट्ने बताउँनुभयो । राई लगायात १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पिडितको नाममा विगत ७ बर्षदेखि बस्दै आएका छन ।

राईले आफुसग बाकसमा २४ लाख ५० हजार भन्दा वढी रकम डेढ तोला सुन र १८ तोला चादी रहेको सुनाए

सम्बन्धित खबर