Kanakai Online

भगवती साकोसको कनकाई राहत कोषमा ५१ हजार


आइतवार, चैत २३, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा भगवती बचत तथा ऋण सहकारी सस्था लिमिटेड सुरुङ्गा ले कोरोना बिपत राहत कोष मा रु ५१ हजार रुपैँया सहयोग गरेको छ ।

संस्थाको अध्यक्ष त्रिलोचन उप्रेती र उपाध्यक्ष यामनाथ सेढाईँले आज कनकाई नगरपाकिलाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई नगरपालिकामै गएर सो रकम हस्तानतरण गर्नुभएको हो । . यसअघि उक्त कोषमा कनकाई नगरपालिका निवासी समाजसेवी युवा सुजन शिवाकोटीले ५० हजार रुपैँया सहयोग गर्नुभएको छ । यसअघि यस कोषमा कनकाई ३ का चुडामणि कार्कीले २५ हजार , संचारकर्मी तथा युवा व्यावसायी मोहन मिश्रले १५ हजार रुपैँया सहयोग गर्नुभएको छ । भने यसैगरि उक्त कोषमा फ्रेडर्स ग्रुप नेपाली मंचद्धारा ३६ हजार रुपैँया सहयोग भएको छ भने यसअघि यस कोषमा सुरुङ्गा जेसिजले ५१ हजार रुपैँया सहयोग गरेको छ ।
भने राहत कोषमा चम्पा फलावर्स इङलिस एकाडेमी सुरुङ्गाले नगद १५ हजार रुपैँया सहयोग गरेको छ । यसअघि उक्त कोषमा ह्याप्पी लैण्ड फनर्पाक सुरुङ्गाले २ लाख रुपैँया, कनकाई उद्योग बाणिज्य संघले ७५ हजार रुपैँया, कनकाई नगरपालिका ३ निवासी दुर्गाप्रसाद उप्रेतीले २५ हजार रुपैँया, रोटरी क्लव कनकाई सुरुङ्गाले १ लाख १ हजार रुपैँया, राहत कोषमा सुरुङ्गा घरभई हाल हङ्गकङ्ग निवासी रभि श्रेष्ठले १ लाख २३ हजार र नेकपा कनकाई नगर कमिटीद्धारा ५१ हजार रुपैँया प्रदान गरिसकेको छ भने कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले एक महिनाको तलव र कर्मचारीबाट समेत सहयोग रकम जुटाएर कम्तीमा ३५ लाख रुपैँयाबाट सुरु हुनेगरिको कोरोना विपत कोषको स्थापना गरेको हो ।
यो राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने कनकाई नगरपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न प्रदान सुरु गरिने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट र नगरप्रमुख पोखरेलले समेत प्रत्यक्ष अनलाईन प्रशारणबाट समेत खर्च र दाताको रकम सार्बजनिक गरिने समेत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न लागेको जनाएको छ । गरिब परिवारको तथ्याङ्ग संकलनका लागि प्रत्येक वार्डमा रहेका जनप्रतिनिधि र टोल विकास समितिलाई जिम्मा दिइसकिएको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।

सम्बन्धित खबर