Kanakai Online

झापा गाउँपालीका-२ द्वारा सिमा पहरेदारी समिती गठन।


आइतवार, चैत २३, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत २३।झापा गाउँपालीका वडा नम्बर २ ले भारतिय सिमामा आवतजावत हुने मानिसलाई रोक्न कोरोना भाइरस न्युनिकरण समिती गठन गरेको छ।

झापा गाउँपालीका-२ का वडाध्यक्ष नेत्रबहादुर खड्काको अध्यक्षतामा १७ सदस्यीय समिती गठन गरिएको हो।सिमीतीको काम र कर्तब्य सिमामा आवतजावत गर्ने मानिस रोक्ने,भिडभाड हुन नदिने र संखास्पद मानिस देखीए तत्काल सुरक्षाकर्मीलाई खबर गर्ने रहेको झापा गाउँपालीका-२ का वडाध्यक्ष नेत्रबहादुर खड्काले बताउँनु भयो।

कोरोना भाइरस(कोभिड-१९) संक्रमण आफ्नो गाउँपालीकामा फैलन नदिन यस समितीले प्रभाबकारी भुमीका खेल्ने बिश्वास लिइएको छ।

सम्बन्धित खबर