Kanakai Online

ख्याम ओलीद्धारा कनकाई कोषमा २५ हजार


आइतवार, चैत २३, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका ३ स्थित होटल डिलाइटको तर्फबाट २५ हजार रुपैँया सहयोग भएको छ । होटलका संचालक ख्याम ओलीले उक्त रकम कनकाई नगरपालिकाद्धारा संचालित विपत कोषमा जम्मा गर्नुभयो । ओली कनकाई सामुदायिक वन समुहका अध्यक्ष समेत रहनुभएको छ । कनकाईका सुजन शिवाकोटीद्धारा कोषमा ५० हजार सहयोग गर्नुभएको छ । यसअघि यस कोषमा कनकाई ३ का चुडामणि कार्कीले २५ हजार , संचारकर्मी तथा युवा व्यावसायी मोहन मिश्रले १५ हजार रुपैँया सहयोग गर्नुभएको छ । भने यसैगरि उक्त कोषमा फ्रेडर्स ग्रुप नेपाली मंचद्धारा ३६ हजार रुपैँया सहयोग भएको छ भने यसअघि यस कोषमा सुरुङ्गा जेसिजले ५१ हजार रुपैँया सहयोग गरेको छ ।
भने राहत कोषमा चम्पा फलावर्स इङलिस एकाडेमी सुरुङ्गाले नगद १५ हजार रुपैँया सहयोग गरेको छ । यसअघि उक्त कोषमा ह्याप्पी लैण्ड फनर्पाक सुरुङ्गाले २ लाख रुपैँया, कनकाई उद्योग बाणिज्य संघले ७५ हजार रुपैँया, कनकाई नगरपालिका ३ निवासी दुर्गाप्रसाद उप्रेतीले २५ हजार रुपैँया, रोटरी क्लव कनकाई सुरुङ्गाले १ लाख १ हजार रुपैँया, राहत कोषमा सुरुङ्गा घरभई हाल हङ्गकङ्ग निवासी रभि श्रेष्ठले १ लाख २३ हजार र नेकपा कनकाई नगर कमिटीद्धारा ५१ हजार रुपैँया प्रदान गरिसकेको छ भने कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले एक महिनाको तलव र कर्मचारीबाट समेत सहयोग रकम जुटाएर कम्तीमा ३५ लाख रुपैँयाबाट सुरु हुनेगरिको कोरोना विपत कोषको स्थापना गरेको हो ।
यो राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने कनकाई नगरपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न प्रदान सुरु गरिने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट र नगरप्रमुख पोखरेलले समेत प्रत्यक्ष अनलाईन प्रशारणबाट समेत खर्च र दाताको रकम सार्बजनिक गरिने समेत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न लागेको जनाएको छ । गरिब परिवारको तथ्याङ्ग संकलनका लागि प्रत्येक वार्डमा रहेका जनप्रतिनिधि र टोल विकास समितिलाई जिम्मा दिइसकिएको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।

सम्बन्धित खबर