Kanakai Online

झापा गाउँपालीकाको राहत कोषमा चुडामणी कार्कीको २५ हजार सहयोग।


आइतवार, चैत २३, २०७६ |

केशब चापागाईं
कनकाईअनलाईन

झापा,चैत २३।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कनकाई नगरपालिका निवासी चुडामणि कार्कीले २५ हजार रुपैँया सहयोग गरेका छन ।

कार्की हाल कतारमा रहि व्यावसाय गर्दै आउनुभएको छ।

हाल सम्म यस राहत कोषमा जम्मा भएको रकम यसप्रकार छ।
१.सुमन प्याकुरेल (झापा गापा-६) बाट-५ हजार
२.जीवन विकास लघुवित्त वित्तिय संस्थाबाट-४० हजार
३.न्यू पाथिभरा वचत तथा ऋण सहकारी संस्थाबाट-११ हजार
४.सिम्रीक वचत तथा ऋण सहकारी संस्थाबाट-५० हजार
५.साहारा नेपाल साकोसबाट- १ लाख
६.कनकाई वाणिज्य संघबाट-२१ हजार
७.राजु बस्नेतबाट-७ हजार ५ सय
८.शिव कुमार कडेलबाट-५ हजार १
९.लय सिवाकोटीबाट-५ हजार
१०.कुमारमणि पोखरेलबाट-५ हजार
११.रुपा प्रसाईबाट-५ हजार
१२.कर्णाली वचत तथा ऋण सहकारी संस्थाबाट-५० हजार
यो राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने झापा गाउँपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण कार्य सुरु भइसकेको छ।

यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।

रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।

सम्बन्धित खबर