केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत २२।झापा गाउँपालीकाले आफ्ना विपन्न गाउँबासीलाई धमाधम राहत वितरण कार्य जारी राखेको छ।हिजो देखी सुरु गरिएको राहत वितरण कार्यलाई आज पनि निरन्तरता दिइएको हो।
आफ्ना गाउँपालीकामा रहेका ३००० विपन्न घरपरिवारलाई राहत वितरण गर्ने लक्ष्य लिएको गाउँपालीकाले आज सम्ममा त्यस्ता ७०२ विपन्न परिवारलाई राहत वितरण गरिसकेको छ।वडा नम्बर-१ मा ६० घर,वडा नम्बर-३ मा २१५ घर,वडा नम्बर-५ मा २२६ घर र वडा नम्बर-६ मा २०१ घर गरेर आज कुल ७०२ घरपरिवारलाई राहत वितरण गरिएको झापा गाउँपालीकाका अध्यक्ष जयनारायण शाहले बताउँनु भयो।बाँकी रहेका वडा-२,४ र ७ मा पनि राहत साम्रगी पुगिसकेको र प्याकेजिङ कार्य जारी रहेकोले भोलि देखि वितरण कार्य हुने अध्यक्ष शाहले बताउँनु भयो।
आजको राहत वितरण कार्यमा संबन्धित वडाका जनप्रतिनिधी,विभिन्न संघ-संस्थाका प्रतिनिधि,नेपाल रेडक्रस सोसाईटी शरणामती उपसाखाको टोली,नेपाल रेडक्रस सोसाईटी कुमरखोद उपसाखाको टोली,सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो।
पहिलो चरणमा प्रत्येक वडामा मास्क वितरण गरेको झापा गाउँपालीकाले दोस्रो चरणमा १० केजी चामल,१ केजी नुन,१ केजी दाल र एक थान साबुनको प्याकेज बनाएर आफ्ना विपन्न गाउँबासीलाई राहत वितरण गरिरहेको छ।