केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत २०।भारतको बिहार राज्य र झापा गाउँपालीकाको सिमानामा पर्ने दिघलबैङ सिमामा अलपत्र परेका १४ नेपालीको आज उद्वार गरिएको छ।
गत मंगलबार भारतको पटना लगायत अन्य सहरबाट स्वदेस फर्केका नेपालीहरु सिमामै अलपत्र परेका थिए।भारतिय सुरक्षाकर्मीले दिघलबैङकको एक विद्यालयको हलमा राखेर खान समेत नदिए पछी उनीहरुले आफ्ना नेपालमा रहेका निकट ब्याक्तीहरुलाई फोन सम्पर्ग गरेको बताइन्छ।
रुदै कराउदै हामीले खान पनि पाइनौ भनेपछी आफुले विभिन्न संघ संस्था,संवन्धित गाउँपालीका/नगरपालिका प्रमुख संग समन्वय गरेर उनीहरुलाई उद्वार गरिएको नेकपाका झापा गाउँपालीका संयोजक समेत रहेका समाजसेवी रुद्र बजगाईंले बताउनु भयो।
उद्वार गरिएका मध्ये अर्जुनधारा नगरपालीका-१ जना,हल्दिबारी गाउँपालीकाका २ जना,बुद्धशान्ती गाउँपालीकाका १ जना,मेची नगरपालीकाका २ जना,शिवसताक्षी नगरपालीकाका २ जना र कनकाई नगरपालीका ४ जना रहेको बजगाईंले बताउनु भयो।यी मानिसलाई सम्बन्धित नगर/गाउँपालीकाले उद्वार गरेर लगिसकेका छन।बाँकी २ जना भने कैलालीका भएकाले झापा गाउँपालीकाको अस्थायी क्वारेन्टाइन राखिने भएको छ।
कनकाई नगरपालीकाका मानिसलाई स्थानिय समाजसेवी गोबिन्द सुबेदीले आफ्नो निजी गाडी पठाएर उद्वार गर्नु भएको थियो।ती उद्वार गरिएका ४ जनालाई कनकाई नगरपालीकाको अस्थायी क्वारेन्टाइनमा लगिएको सुबेदीले बताउनु भयो।