केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत २०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा न्यू पाथिभरा बचत तथा ऋण सहकारी संस्था लिमीटेडले ११ हजार रुपैँया सहयोग गरेको छ ।
शरणामती बजारमा कार्यालय रहेको न्यू पाथिभरा परिवारले यो विपदको घडीमा झापा गाउँपालीकाका नागरिकका लागि यो रकम सहयोग गर्ने घोषणा गरेको अध्यक्ष हस्तबहादुर बोहोराले बताउँनु भयो।
गत आईतबार झापा गाउँपालीकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा २५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको थियो ।सो कोषमा सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।
झापा गाउँपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन गर्ने भएको छ।
गाउँपालिकाले झापा गाउँपालिका भित्र डिल्लीराज मावी र जनता उच्च मावी गरेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचारको समेत प्रबन्ध गरेको छ ।