केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत २०।झापा गाउँपालिकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कनकाई उद्योग वाणिज्य संघले २१ हजार रुपैँया सहयोग गरेको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले उक्त रकम झापा गाउँपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा जम्मा गरिने कनकाई अनलाईनलाई बताउँनुभयो । महामारीका बेला देश तथा विदेशमा रहनुहुने सहयोगी दातासगै कनकाई उद्योग वाणिज्य संघले समेत हाल तत्कालिन रुपमा उक्त रकम सहयोग गरेपनि पछि पनि आवश्यकता अनुसार थप सहयोग गर्ने कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमलीले बताउनुभयो ।
गत आईतबार झापा गाउँपालीकाले कोरोना महामारीबाट आफ्ना गाउँपालिकाका नागरिकलाई सहयोग गर्न कम्तीमा २५ लाखबाट कोरोना विपत कोषको स्थापना गरेको थियो ।सो कोषमा सहयोग गरि महाविपत्तीमा सहयोग गर्न गाउँपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।
झापा गाउँपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन गर्ने भएको छ।
गाउँपालिकाले झापा गाउँपालिका भित्र डिल्लीराज मावी र जनता उच्च मावी गरेर दुई स्थानमा क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचारको समेत प्रबन्ध गरेको छ ।