केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत १९।झापा गाउँपालीका वडा नम्बर ५ निवासी भद्रुलाल गणेश,गोपाल गणेश,नागेन्द्र गणेश र डुम्बरलाल गणेशले यहाँका एकल महिला र विपन्न परिवारलाई राहत वितरण गरेका छन।
वडामा रहेका यस्ता १२० परिवारलाई २ केजी चामल,१ केजी आलु र १ केजी बैगुन वितरण गरिएको भद्रुलाल गणेशले कनकाई अनलाइनलाई बताउनु भयो।
गत शनिबार खाद्यान्नका साथमा २००० मास्क पनि वितरण गरिएको भद्रुलालले बताउनु भयो।भद्रुलाल गणेश वडा नम्बर-५ को कार्यपालीका सदस्य समेत रहनु भएको छ।