Kanakai Online

रभि श्रेष्ठद्धारा कनकाईको राहत कोषमा १ लाख २३ हजार सहयोग


मङ्गलवार, चैत १८, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न सुरु गरेको कोरोना विपत कोषमा सुरुङ्गा निवासी हाल हङ्गकङ्गमा होटल एण्ड वार संचालन गरिरहनुभएको युवा रभि श्रेष्ठद्धारा १ लाख २३ हजार रुपैँया प्रदान गर्ने घोषणा गर्नुभएको छ ।
रभिले उक्त रकम कनकाई नगरपालिकाद्धारा संचालित विपत व्यावस्थापन कोषमा जम्मा गरिदिने घोषणा गर्नुभएको हो । आजैमात्रै कनकाई नगरपालिकाले पत्रकार सम्मेलन गरि कम्तीमा ३५ लाखको यो कोष स्थापना गरेको थियो ।

रभि विगत ६ बर्षदेखि हङ्गकङ्गमा होटल व्यावसाय गर्दै आउनुभएको उहाका दाजु युवा समाजसेवी प्रकाश श्रेष्ठले बताउँनुभयो । उक्त रकम बिहान खायो बेलुकी के खाउँ भन्ने गरिब परिवारलाई खाद्यान्न खरिदका लागि नगरपालिकाले खर्चिनुपर्ने श्रेष्ठले बताउँनुभयो । यता कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले श्रेष्ठले प्रदान गरेको रकमबाट छनौट भएका अति विपन्नलाई खाद्यान्न वितरणमा खर्च गरिने बताउँनुभएको छ । कनकाई अनलाईनसग कुरा गर्दै नगरप्रमुख पोखरेलले श्रेष्ठ लगायात स्वदेश तथा विदेशमा रहनुहुने नेपालीलाई दुःखको यस घडीमा दिल खोलेर सहयोग गर्न अनुरोध गर्नुभएको छ भने सहयोग गर्ने श्रेष्ठलाई धन्यावाद प्रदान गर्नुभएको छ ।
नगरपालिकाले सुरु गरेको सो कोषमा कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुबाट एक महिनाको तलब कोषमा जम्मा गरिएको र कनकाई नगरपालिकाका कर्मचारीबाट समेत राहत कोषमा रकम जम्मा भएको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट खर्च र दाताको रकम सार्बजनिक गरिने समेत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।
नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न लागेको जनाएको छ । गरिब परिवारको तथ्याङ्ग संकलनका लागि प्रत्येक वार्डमा रहेका जनप्रतिनिधि र टोल विकास समितिलाई जिम्मा दिइसकिएको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।
यता कनकाई नगरपालिकाको विपत कोषमा रकम जम्मा गर्ने सम्पुर्ण सहयोगी दाताहरुको नाम क्रमश प्रकाशन प्रशारण गरिने कनकाई अनलाईन तथा कनकाई साप्ताहिकका सम्पादक प्रकाशक लीलाराज झापालीले बताउँनुभएको छ ।