Kanakai Online

कनकाई नगरपालिकामा कोरोना सचेतना, शरिर स्प्रे गरेर मात्रै मिटिङ्गमा


आइतवार, चैत १६, २०७६ |

लीलाराज झापाली
आइतबार कनकाई नगरपालिकाको आयोजनामा नगर क्षेत्रका संघ संस्थाको प्रतिनिधित्वमा विशेष बैठक बोलाइएको थियो ।
बैठकको एजेण्डा कोरोना संकटका बेला लक डाउनलाई कसरी प्रभावकारी बनाउने र गरिब र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई कसरी खाद्यान्न सहयोग गर्ने भन्ने थियो । बैठकमा प्रहरी संघ सस्थाका प्रतिनिधि जनप्रतिनिधि र पत्रकार गरि २५ जनाको सहभागिता रहेको थियो ।

कोरोनाको खबरले चिन्तित बन्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको आव्हानमा गएका संघ संस्थाका प्रतिनिधि एकसाथ खुसी बने जव कार्यक्रम स्थल कनकाई उद्योग वाणिज्य संघको सभाहल भित्र नगरप्रमुख पोखरेल पहिले प्रवेश गरेर पुरै सभाहलमा कोरोना स्प्रे छर्कन सुरु गर्नुभयो । त्यसपछि हलमा प्रवेश गर्नुपुर्व नगरप्रमुख पोखरेलले सबैलाई पालैपालो शरिरमा कोरोना विरुद्धको वडी स्प्रे गरेर मात्रै भित्र प्रवेश गराउनु भएको थियो ।

सबैलाई पालैपालो वडी स्पेश , साबुन पानीले हात धुने र हातमा सेनेटाइजर लगाउनका लागि मात्रै एक घण्टा समय लागेको थियो । बैठकका समेत एकपछि अर्को व्याक्तिविचको दुरी ५ फुट भन्दा वढी राखिएको थियो । बैठकमा नगरप्रमुख पोखरेलले आफु सुरक्षित रहनसकेमात्रै देश र समाजको रक्षा र सेव ागर्न सकिने बताउँनुभयो । सो अवशरमा कोरोना लक डाउनका वारेमा गाउँ गाउँमा भएका समस्या र उपलब्धीका वारेमा जनप्रतिनिधि , प्रहरी, सामुदायिक वनका अध्यक्ष उद्योग वाणिज्य संघ , मजदुर नेता र पत्रकारले सुझाव राखेका थिए । सो अवशरमा नगरप्रमुख पोखरेलको कोरोना सुरक्षाको उपाय र सचेतनाको सबैले खुलेर प्रसंसा गरेका थिए । वैठकले कनकाई नगरपालिकाको आयोजनामा कोरोना राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।


तस्वीर बैठकअघि सहभागिलाई कोरोना भाइरस विरुद्धको स्पे लगाउदै नगरप्रमुख पोखरेल फोटो लीलाराज झापाली