केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत १६।झापा गाउँपालीकाले आफ्ना विपन्न गाउँबासीहरुलाई राहात वितरण गर्ने भएको छ।आज विपद व्यबस्थापन समितीको बैठक बसी उक्त निर्णय गरिएको हो।
भेलाले त्यस्ता विपन्न व्याक्तीको पहिचान गरेर तथ्याङ्क संकलन गर्न कोरोना व्यबस्थापन सहजीकरण वडासमितीलाई निर्देसन दिएको छ।भेलाले विपद व्यबस्थापन कोष बाट पच्चिस लाख कोरोना ब्यस्थापनका लागि विनियोजन गर्ने निर्णय गर्दै विभिन्न संघ,संस्थाहरुलाई विपद कोषमा रकम प्रदान गर्न अनुरोध गरिएको झापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन निरौलाले बताउनुभयो ।
रकम प्रदान गर्दा आव्यश्यक पर्ने खाता एनआइसी एसीयाको झापा बजारमा रहेको साखाबाट खोलीएको k2CA051251452406 नम्बरको खाता रहेको छ।यो विपदको घडीमा सबैले सहयोग गर्न गाउँपालीकाले आग्रह गरेको छ।