कनकाई अनलाईन
नाम चलेका अस्पतालहरुले विरामी लिन नमानिरहेको बेला झापा कनकाई नगरपालिकाका औषधी व्यावसायीहरुले स्वास्थ्य जोखिममा राखेर सेवा दिइरहेका छन ।
आफुहरुले आवश्यकताअनुसार दैनिक १८ घण्टा भन्दा वढी समय विरामीलाई सेवा दिइरहेको प्रधान मेडिसिन सेन्टरका प्रोपाइटर तथा पूर्व मेची औषधि व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र प्रधानले बताउँनुभयो ।
आफुहरुले सिरियस अवस्थामा आफ्नो औषधि पसलमा ल्याइएका विरामीहरुलाई अन्य ठुला अस्पतालमा लैजान भन्दा ती ठुला अस्पतालहरुले डाक्टर नभएको भन्दै फर्काउन थालेपनि बाध्य भएर विरामीलाई रिक्स मोलेरै भएपनि प्राथमिक स्तरको उपचार समेत दिनुपरिरहेको प्रधानको गुनासो छ । आफुसग स्वास्थयका लागि मास्क र सेनिटाइजर बाहेक अन्य कुनै सामाग्री नभएकोले पनि सुरक्षा चिन्ता बढाएको प्रधानको भनाई छ । ज्वरो आएका विरामी वाहेक अरुको उपचार सल्लाह र औषधि समेत दिनुपरेको गुनासो औषधि व्यावसायीको छ । यता मास्क सेनेटाइजर लगायातमा कालोबजारी भइरहेको खबर संचार माध्यमबाट आइरहेको बेला आफुहरुले भनी उचित मुल्यमै सेनेटाइजर र मास्क विक्री गरिरहेको र सामान्य विरामीलाई सल्लाह र औषधि वितरण गरिरहेको सुरुङ्गा मेडिसिनका प्रोपाइटर यज्ञराज कार्कीले बताउँनुभयो । देशभर लक डाउनभइरहेको बेला औषधि पसलमात्रै खुल्ला भएको र सबैभन्दा वढी सुरक्षा चुनौती समेत औषधि व्यावसायीमा रहेको कार्कीको भनाई छ ।