Kanakai Online

चोरीका मोटरसाईकल फिर्ता


आइतवार, चैत १६, २०७६ |

कनकाई अनलाईन
झापा प्रहरीले विभिन्न मितिमा चोरिएका मोटरसाइकल फेला पारेर सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
आइतवार जिल्ला प्रहरी कार्यालय झापाले सवारीधनी पत्ता लागेका तीनवटा मोटरसाइकल हस्तान्तरण गरेको हो । कार्यालय परिसरमा बोलाएर सवारी धनीलाई ती मोटरसाइकल हस्तान्तरण गरिएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

कोइरालाका अनुसार मे ९ प ८४७२ नम्वरको मोटरसाइकल अर्जुनधारा नगरपालिका–११ को महेन्द्र कहङवाङले फिर्ता दिइएको छ भने, मे ९ प ३९९९ नम्वरको मोटरसाइकल अर्जुनधारा ११ कै लक्ष्मीप्रसाद अधिकारीलाई बुझाइएको छ । को १५ प ८६६१ नम्वरको मोटरसाइकल सुनसरीको रामधुनी नगरपालिका–२ का हेमन्तकुमार चौधरीलाई हस्तानतरण गरिएको छ ।

सवारीधनी पहिचान भएको थप एउटा मोटरसाइकल लिन सम्वन्धित व्यक्तिलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । चोरी भएपछि खोजतलासका क्रममा प्रहरीले फेला पारेका थप नौ वटा मोटरसाइकलका धनी अझै फेला पार्न नसकेको जनाएको छ । धनी भेटिनासाथ ती मोटरसाइकल पनि फिर्ता गर्ने प्रहरी प्रमुख कोइरालाले बताउनुभयो ।

सम्बन्धित खबर