Kanakai Online

कनकाई अनलाईनको छड्के अप्रेशन, लक डाउनको बेला सुरुङ्गामा भारतीयहरु आएर भकाभक घर बनाउदै


शनिवार, चैत १५, २०७६ |

कनकाई अनलाईन
विश्व कोरोना आतंकले आर्जित भएको बेला कनकाई नगरपालिका ३ सुरुङ्गामा भने भारतीय हरु प्रवेश गरेर निर्वाध घर निर्माण फिनिसिङ्ग लगायातका काम गरिरहेका छन ।
भारत तथा नेपालका सबै क्षेत्रमा मानिसलाई बाहिर निस्कन समेत नदिई सेमि कर्र्फु लगाइरहेको बेला शनिवार कनकाई अनलाईनकर्मीको टोलीले अनुगमन गर्दा कनकाई नगरपालिका २ को एकजना जनप्रतिनिधिको घर छेउमा भारतीयहरुले धमाधम घर निर्माण गरिरहेका थिए । नेपाली समेत बोल्न नजान्ने ७\८ जना भारतीय मजदुरको समुह कोहि सिमेन्ट मुछ्ने त कोही घर फिनिसिङ्ग गरिरहेका थिए । उनीहरु भारतमा सरकारले लक डाउन गरेपछि नेपालभारत सिमा डिघलबैँक नाका हुदै नेपाल प्रवेश गरेको र शिवसताक्षी ब्लुचोकका एक ठेकेदारको सम्पर्कबाट सुरुङ्गामा काम गर्न थालेको बताए । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज भएको समेत बताए ।

बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ । मैनाली थरको निर्माणाधिन घरमा कनकाईकर्मी पुगेर फोटो खिच्न थालेपछि काम गरिरहेका मजदुरको समुह सबै भागेर घरनजिक्कै रहेको मकै बारिमा लुकेका थिए । कनकाईकर्मीले पटकपटक अगाडि आउन अनुरोध गर्दापनि केहि मजदुर अगाडि आएपनि केहीभने भागेर अन्यत्रै गएका थिए । यसवारेमा घरधनीसग जिज्ञासा राख्दा आफुले पटक पटक घर निर्माण नगर्न अनुरोध गरेपनि मजदुरले नमानेको बताउनुभयो । ती भारतीयहरुले गरिबीका कारण काम गरेपनि नेपालमा कामै गर्न सरकारले रोक लगाएको वारेमा जानकारी नभएको र आफुहरु भारत सरकारले बोर्डर सिल गरेको भएपनि खेतको आलीआली भारत आफ्नो घर बहादुर गंज जाने बताए ।

घरधनीका अनुसार उनीहरु विगत एक सातादेखि सुरुङ्गामै निर्माणाधिन घरभित्रै रहेर काम गर्दै आएका थिए । तर नेपाल सरकारले घरबाट बाहिर ननिस्कन उर्दी जारी गरेपछि काम रोक्न भनेपनि कामदारले भने मानेका थिएनन । यसवारेमा स्वतन्त्र मजदुर युनियान कनकाईका अध्यक्ष केशर न्यौपानेसग जिज्ञासा राख्दा कनकाईका कोहिपनि मजदुरलाई यो वेलामा काम गर्न र घरबाहिर निस्कन समेत प्रतिवन्द लगाएको बताउनुभयो । सुरुङ्गामा काम गर्ने मजदुरहरु विदेशी मजदुर भएकोले समस्या भएपनि ऐन नियम सबैलाई लाग्ने र यसको सम्पुर्ण जिम्मा घरधनी र सम्बन्धित ठेकेदारले लिनुपर्ने बताउँनुभयो ।