Kanakai Online

लकडाउनमा झापा गाउँपालीका नियाल्दा।


शनिवार, चैत १५, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत १५।गोरखापत्र राष्ट्रीय दैनीकका संवाददाता  तथा कनकाई साप्ताहिकका सम्पादक लिलाराज झापालीका साथमा यो पंक्तीकार पनि झापा गाउँपालीकामा लकडाउनको स्थिती बुझ्न घर देखि बाहिर निस्कियो।हामी अजम्बरी पक्कै थिएनौ तर पेसाको जिवन्तता महान थियो।कोरोना विरुद्दको लडाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले अहोरात्र लडिरहदा हामी संचारकर्मी मुकदर्सक बनेर हेरिरहनु पक्कै हाम्रो नैतिकताले दिदैन।

यही तितो यतार्थलाई आत्मसात गर्दै हामी झापा गाउँपालीका लकडाउन भ्रमणमा निस्किउ।झापा गाउँपालीका-३ स्थित कामाटोली बजार सम्म पुग्दा बाटो सुनसान थियो।पसलहरु सबै बन्द थिए।बेलुकीको समय हुनाले एक दुई मानिस घरै देखि बाटो टहल्दै थिए।केही मानिसहरुले आफ्नो बारीबाट उत्पादन गरिएको साग,सब्जी गुन्द्रीमा राखेका थिए।एक दुई मानिस साग,सब्जी किन्न ब्यस्त पनि थिए।यो सरकारको नियम उलंघन पक्कै होइन,थियो त केवल बाध्यता।आखिर रोग संग लड्ने क्षमता पनि त बाचेरै आउँछ।आखिर बाच्नका लागि त खानु त पर्यो।कामाटोली बजार ब्यबस्थापनको एक टोली मानिसहरु जमघट हुन नदिन निगरानीमै थियो।

अब हामी लागेउ कुमरखोद झापा बजार तर्फ।त्यहा रहेको डिल्लीराज मावीलाई अहिले गाउँपालीकाले अस्थायी क्वारेन्टाइन बनाएको छ।अवैध नाका हुँदै झापा गापा प्रबेस गरेका नौ जनालाई त्यहा राखिएको रहेछ।अगाडि स्वास्थ्यकर्मीको डेक्स स्टेनबाई थियो।सुरक्षाकर्मी पनि तैनाथ थिए।झापा गाउँपालीकाले कोरोना भाइरस नफैलोस भनेर सावधानी निकै पुर्याएको रहेछ।त्यसपछी हामी लागेउ बजार भित्र।त्यहाँ पनि लकडाउनको प्रभाब उहीँ थियो।बाटो सुनसान,पसल बन्द,एक दुई गुन्द्रे पसलहरु।जनपथ प्रहरीको एक टोली र बजार व्यबस्थापनको एक टोली बजारमा तैनाथ थिए।भिड कम गर्न गुन्द्रे पसललाई पनि सुरक्षाकर्मीले सार्दैथिए।बजार व्यबस्थापनको टोली एक हुल मानिसलाई बाहिर ननिस्कनु भनेर सम्झाउदै थिए।जे होस माहोलले बताउदै थियो साचै देस चकमन्न छ।साउतीमार्न समेर पावन्दी छ।किनकी अब सर्लक्कै कोभिड-१९ ले देस निल्दैछ।

अब हामी यसलाइ पनि छिचोलेर लसुना मार्ग हुँदै भारतको दिघलबैङ्क नाका तिर लागेउ।लसुना मार्ग झन यता भन्दा धेरै सुनसान थियो।यता जस्तो त्यता गुन्द्रे पसलहरु थिएनन।बिलकुल सुनसान।केही मानिस घरकै काममा ब्यस्त थिए।त्यता अलिक दिन पहिले हात्तीले आतंक पनि मच्चाएको थियो।हामी लसुना सिमा सम्म पुगेउ।सिमामा गेट लगाइएको थियो।दुई ससस्त्र प्रहरी बलका सुरक्षाकर्मी तैनाथ थिए।२४ घन्टा अहोरात्र खटिरहेका उनीहरुको अनुहार मलिन थियो।सबै नाकामा यसरीनै सुरक्षाकर्मी तैनाथ छन रे।

अब हामी हाम्रै बाटो फर्केउ।अघि भन्दा केही फरक थिएन।उस्तै चकमन्न।सुनसान।अब हामी सिधै आएउ झापा गापा-६ को शरणामती बजार।त्यहा पनि उस्तै चकमन्न।यहाको जनता उच्च मावीमा अहिले झापा गापाले अस्थायी क्वारेन्टाइन बनाएको छ।गत मंगलबार यहाँ पनि ४ जनालाई क्वारेन्टाइनमा राखिएको रहेछ।झापा गापाले उच्च सतर्कता अपनाएको देखियो।

लकडाउनको आज पाचौ दिन मुलुक झन चकमन्न छ।कोभिड-१९ संगको लडाई यसरी नै जित्नु छ।हाम्रो पनि आव्हान छ।आउनुहोस सबै यसरी नै मिलेर कोरोना विरुद्दको लडाइँ लडौ।

सम्बन्धित खबर