Kanakai Online

झापामा इमेलबाटै पासको व्यवस्था (इमेलसहित)


शनिवार, चैत १५, २०७६ |

कनकाई अनलाईन
झापा । जिल्ला प्रशासन कार्यालय झापाले नेपाल लकडाउनका बेला अत्यावश्यक सवारी साधनका लागि वितरण हुने सवारी सञ्चालन अनुमतिपत्र ९पास० इमेलमार्फत निवेदन दिन सकिने जनाएको छ ।आउँदो चैत १८ गतेसम्मका लागि अत्यावश्यकीय सामग्री ढुवानी गर्न, अन्यावश्यकीय सेवा सञ्चालन गर्न र अति अत्यावश्यकीय कार्यका लागि सवारी सञ्चालन गर्नका लागि अनुमति पत्र पाउन इमेल गर्न आग्रह गरिएको हो ।प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रेवन्त भट्टराईद्वारा जारी सूचनामा सवारी चलाउने प्रयोजन र रुटसमेत उल्लेख गर्न भनिएको छ । पास निकाल्ने निवेदकले प्रशासन कार्यालयको इमेल ठेगाना मबय।वजबउब२नmबष्।िअयm मा इमेल गर्नु पर्नेछ । साथै, निवेदनमा सवारी चालकको नाम, किसिम र सवारी नम्बर उल्लेख गर्न सूचित गरिएको छ ।कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सहयोग पुग्ने हेतुले इमेलमार्फत नै निवेदन दिन सकिने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर