कनकाई अनलाईन
विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमणको आतंक फैलिएर मानव जिवन माथि मडारीरहेको शंकटबाट सम्पुर्ण मानव समाज त्रसित छन् र उक्त संक्रमणबाट बच्न अनेक उपायहरु अपनाइरहेका छन् । संक्रमितहरुलाई रोगमुक्त पार्न राज्य स्तरबाटै स्वास्थ्य संस्था र चिकित्सकहरु परिचालन गरिएको छ भने विभिन्न निकायहरुले रोकथाम सम्वन्धी आवश्यक उपायहरुको वारेमा जनचेतना मुलक सामग्रीहरु प्रचारप्रसारमा ल्याइरहेका छन् । साथै केही स्थानिय संघसंस्थाहरूले अहिलेको यो दुःखको घडीमा आवश्यक सामग्रीहरु मास्क तथा हातधुने सावुन वितरण गर्न थालेका छन् ।
यस्तै नै झापा जिल्ला शिवसताक्षी नगर पालिका वडा नम्वर ५ मा संचालित ताजपुरिया फाउण्डेशनले चैत्र ११ गते मंगलवार ५०० थान मास्क वितरण गरेको छ ।
उपमा ताजपुरियाको हातबाट स्थानिय जनप्रतिनिधी शिवसताक्षि नपा ५ नं वडाका वडाध्यक्ष श्री सत्य नारायण राजवंशीलाई हस्तान्तरण गर्दै वडा कार्यालय प्राङ्गणबाट शुरु गरिएको मास्क वितरण कार्य जनता हाट, प्राथमिक स्वास्थ केन्द्र, कटुवाल चौक हुँदै भेलामनी गाउँ सम्म गइ वितरण गरिएको थियो ।
देशव्यापी रुपमा लकडाउनको घोषणा गरिएको हुँदा एकैठाउँ भेला पारी वितरण गर्न नमिल्ने भएकोले फाउण्डेशनकी संस्थापिका गिता पुरी ताजपुरियाले विशेष सहयोगी तुलसीराम सुवेदीको सहयोगमा वितरण कार्य सम्पन्न गरेकी थिइन् ।
त्यसै गरी उक्त कार्यमा आर्थिक रुपमा, व्वस्थापन तथा वितरण कार्यमा साथ दिनेहरुमा रबिलाल कोचिल्दा, सुनिल ताजपुरियाभेलामनी, जङ्ग ब।ताजपुरिया, जगत बहादुर ताजपुरिया, सुनिल ताजपुरिया पईनपार, जोसना ताजपुरिया रहेको जानकारी फाउण्डेशन संरक्षक एन वि सागरले बताउनुभयो । ।
उक्त कार्यलाई अभियानको रुपमा लिंदै आज पनि निरन्तरता दिइएको बुझिएको छ ।
आज चैत्र १२ गतेका दिन शिवसताक्षि न।पा।६ न।वडा कार्यलय, ईलाका प्रहरी कार्यालय शिवगन्ज, प्राथमिक स्वास्थ चौकी शिवगन्जमा थप माक्स समेत बितरण गरिएको छ ।
साथै यस अभियानलाई अझ सवल र विस्तार गर्न जरुरी महसुस भएकोले तपाइं हामी इच्छुक जोकोहीले यस कार्यमा हातेमालो गर्न चाहेमा सम्पर्कको लागी आह्वान गरिएको छ