Kanakai Online

युवा अभियान्ता कट्टेलको अगुवाईमा अलपत्र नेपालीको उद्धार


शुक्रवार, चैत १४, २०७६ |

कनकाई अनलाईन
भारतको चेन्नईमा अलपत्र अवस्थामा रहेका १४ जना नेपाली तीर्थ यात्रीको आज उद्धार गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणका कारण भारतको चेन्नईस्थित नोलाम्बोमा अलपत्र परेका उनीहरुको उद्धार गरिएको हो । ग्रेटर चेन्नई कर्पोरेशनका कमिसनर जी प्रकाश, निशब्द सेवा चेन्नईका संस्थापक ई। ए विश्वोनथन, डा। नेहा मयुर, फुड बैंक भारतकी संस्थापक स्नेहा मोहान्डोस लगायतसँगको सहयोग र सहकार्यमा उनीहरुको उद्धार गरिएको अन्तर्राष्ट्रिय युवा केन्द्र नेपालका अध्यक्ष राजकुमार कट्टेलले जानकारी दिनुभयो ।

‘भारतमा रहनुहुने मेरा मित्रहरुको सहयोगमा उहाँहरुको उद्धार गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अहिले उहाँहरुको स्वास्थ्य परीक्षणपछि चेन्नई सरकारले सुरक्षित स्थानमा खान र बस्ने व्यवस्था गरिदिएको छ ।’ नेपाल र भारत दुवै देशमा लकडाउन गरिएकाले लकडाउन खुलेपछि उनीहरुलाई नेपाल ल्याइने अध्यक्ष कट्टेलले बताउनुभयो ।

उद्धार गरिएकामध्ये झापाका आठ जना, मोरङ र पाँचथरका तीन÷ तीन जना रहेका छन् । कनकाई–१ का ६३ वर्षीय दिनानाथ अधिकारी, ६१ वर्षीया उमादेवी अधिकारी, ३० वर्षीय राजन अधिकारी, ७१ वर्षीय पर्वलाल अधिकारी, ६५ वर्षीया पूण्यप्रभा अधिकारी र ६६ वर्षीया डम्बरकुमारी लुइँटेल रहेको अध्यक्ष कट्टेलले जानकारी दिनुभयो । त्यस्तै, झापा मेचीनगर–१० का ६५ वर्षीय मोहनीविशाल लुइँटेल र ५९ वर्षीया गंगादेवी लुइँटेल रहेका छन् । यस्तै, मोरङ रतुवामाई–६ का ७९ वर्षीय नेत्रप्रसाद पोखरेल, ६४ वर्षीया देवीमाया पोखरेल र ३८ वर्षीय गोविन्द पोखरेल रहेका छन् ।

यस्तै, पाँचथर फाप्लेजुङ–१ का ७३ वर्षीय मुक्तिनाथ खतिवडा, ४० वर्षीय भेषराज खतिवडा, ७६ वर्षीया सावित्रादेवी रिजाल रहेको अध्यक्ष कट्टेलले बताउनुभयो । उनीहरु गत फागुन २१ गते तीर्थ यात्रा लागि भारत गएका थिए । रासस