Kanakai Online

अत्यावश्यक सामान खरिदमा झापा गापाको नयाँ तरिका।


शुक्रवार, चैत १४, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत १४।मुलुक लकडाउन भएको आज चौथो दिन झापा गाउँपालीका पनि ठप्प भयो।यहाँका पसल,निजी सवारी साधन ठप्प छन।मानिसको आवतजावत बन्द छ।

यसै विच यहाँ अत्यावश्यक सामान खरिदमा गाउँबासीलाई नयाँ नियम लगाइएको छ।गाउँका विभिन्न स्थानिय बजारका पसल अगाडि घेरा बनाइएको छ।१/१ मिटरान्तरका घेरा भित्र उभीएर आफ्नो पालो आएपछी पसलमा सामान खरिद गर्न जानुपर्नेछ।उक्त बजारका पसल पनि सिमीत समयका लागी मात्र खुला रहेनछन।

कोभिड-१९ को संक्रमण हुन नदिन मुलुकले लकडाउन गरेको यो परिस्थितीमा आफ्ना गाउँबासी समस्यामा नपरुन भनेर गाउँपालीकाले यो नयाँ तरिका अपनाएको हो।

सम्बन्धित खबर