Kanakai Online

झापामा लक डाउनमा ससुराली जान एम्बुलेन्सको सहारा

बिहिवार, चैत १३, २०७६ |

कनकाई अनलाईन
बिर्तामोड– मान्छे पनि अचम्म गर्छन् । लक डाउनमा सवारी चल्न छोडेपछि एउटा परिवारले एम्वुलेन्स भाडामा लिएर यात्रा गर्दै गरेको खुलेको छ । झापाको भद्रपुरस्थित ससुरालीबाट विराटनगर घर जान एउटा परिवारले एम्वुलेन्स रिजर्भ गरेको खुलेको हो । एम्वुलेन्ससहित प्रहरीले उनीहरुलाई झिलझिलेबाट पक्राउ गरेको छ ।

विरामी भएको बहानाबाजी गरेर उनीहरु एम्वुलेन्समा यात्रारत थिए । को २ च १२६६ नम्बरको एम्वुलेन्स चाहिँ बिराटनगरस्थित परिवर्तन समाज कल्याण ट्रष्टको हो । ट्रस्टलाई भारतीय दूतावासले यो एम्वुलेन्स दिएको थियो । भद्रपुरबाट पाँचजना यात्रु बोकेर बिराटनगर जाने क्रममा चालक अजय सरदारसहित एम्वुलेन्सलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

लक डाउनमा ससुराली जान एम्बुलेन्सको सहारा

प्रहरीले रोक्न खोजेपछि एम्वुलेन्समा सवारमध्ये एजनाले विरामी भएको नाटक गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । चालक सरदारले भने आफूलाई झुक्याइएको बताएका छन् । नौ हजार रुपैयाँ भाडा पाउने भएपछि एम्वुलेन्स चालक सरदार यात्रु बोक्न सहमत भएका थिए । सामान्यतया भद्रपुरदेखि विराटनगरसम्मको एम्वुलेन्स भाडा चार हजारदेखि ४५ सय रुपैयाँसम्म पर्छ ।

सम्बन्धित खबर