Kanakai Online

रौतहटका युवाले गराए मूल बाटो बन्द


बिहिवार, चैत १३, २०७६ |

कनकाई अनलाईन

लकडाउनको समयमा पनि मानिसहरु आवतजावत गरिरहेको भन्दै रौतहटमा युवाहरुले गाउँ छिर्ने सडक बन्द गराएका छन् ।

रौतहटको गुजरा नगरपालिका रंगपुर र चन्द्रपुर नगरपालिकाका युवाहरुले गाउँ छिर्ने सडक बन्द गराएका न् । रंगपुर टोलमा प्रवेश गर्ने सडकमा खाडल तथा तारबार गरेर बन्द गरिएको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका ९ का युवाहरुले सडकमा माटो थुपारेर अवरोध गरेको एक दिनपछि रङ्गपुरका युबाहरुले आफ्नो क्षेत्रको बाटो खनेर आवातजावतमा अबरोध गरेका हुन् ।

सरकारले लकडाउन गरेर सबै नागरिकलाई घरमा बस्न आग्रह गरेपनि आवतजावत नरोकिएपछि बाटो बन्द गरिएको उनीहरुले बताएका छन् ।