केशब चापागाईं
कनकाई अनलाईन
झापा,चैत १२।शिवसताक्षी नगरपालीकाका जनप्रतिनिधीले आफ्नो एक महिनाको तलब कोरोना भाइरस प्रकोप रोकथाम राहात कोषलाई प्रदान गर्ने भएका छन।नगरपालीकाको नगर विपद व्यस्थापन समितीको बैठक बसी उक्त निर्णय गरिएको हो।
नगर प्रमुख तथा विपद व्यबस्थापन समितीका अध्यक्ष चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको भेलाले नगर क्वारेन्टाइन व्यवस्थापन समिति पनि गठन गरेको छ।भेलाले तत्कालै क्वारेन्टाइन स्वास्थ्य सामाग्री व्यवस्थापन उपसमिति,क्वारेन्टाइन भौतिक पूर्वाधार व्यवस्थापन उपसमिति,क्वारेन्टाइन स्थल व्यवस्थापन उपसमिति पनि गठन गरेर कामलाई तिब्रता दिएको क्वारेन्टाइन भौतिक पुर्वाधार व्यबस्थापन समितीका संयोजक जेसी कुमार सिंह साँबाले बताए।