Kanakai Online

सुरुङ्गा बजारमा मास्क र खाद्यान्न पर्याप्त


बुधवार, चैत १२, २०७६ |

कनकाई अनलाईन ।
झापाको सुरुङ्गा बजारमा मास्क र खाद्यान्न पर्याप्त रहेको व्यापारीहरुले बताएका छन । आवश्यक जतिपनि मास्कहरु नागरिकलाई उपलब्ध हुने सुरुङ्गा मेडिसिन तथा चन्द्रोदय क्लिनिकका प्रमुख यज्ञराज कार्कीले बताउँनुभयो । यो क्लिलिक कनकाई नगरअस्पताल अगाडि रहेको छ । सुरुङ्गा बजारमा समेत मास्कको मात्रै पसल बाहिरै विक्रीका लागि राखिएको पाइन्छ । यता यस क्षेत्रका जनतालाई अवको केहि महिनासम्मलाई पुग्ने पर्याप्त खाद्यान्न र चिनि आफुसग मौजात रहेको ओभी सपिङ्ग कप्लेक्स सुरुङ्गाका प्रमुख वेचन मण्डलले बताउँनुभयो ।

यो सोपिङ्ग कप्लेक्स समेत सुरुङ्गा बजारको क्याम्पस रोडमा रहेको छ । सामान सकिन्छ भनेर एक्कैदिन धेरै सामान नलैजान बरु आवश्यक मात्रमा खाद्यान्न लैजान समेत कप्लेक्सका प्रमुख वेचन मण्डलले सबैसग आग्रह गर्नुभएको छ । मास्क र सेनेटाइजर चाहिएमा जतिपनि आवश्यक मात्रमा उपलब्ध गराउने सुरुङ्गा मेडिसिनका कार्कीले बताउँनुभयो ।

सम्बन्धित खबर