तस्वीर-उदय मैनाली
केशब चापागाईं
कनकाई अनलाइन
झापा,चैत ११।झापा गाउँपालीकाले ८ जना मानिसलाई क्वारेन्टाइनमा राखेको छ।गाउँपालीकाले कुमरखोदको डिल्लीराज मावी र शरणामतीको जनता उच्च मावीको भवनमा ४/४ जनालाई क्वारेन्टाइनमा राखेको हो।
उक्त मानिसहरु भारतबाट अवैद नाका हुँदै झापा गाउँपालीकामा प्रवेस गरेपछी झापा गापामा रहेको प्रहरी प्रसासनले क्वारेन्टाइन भवनमा लगेको झापा गाउँपालीकाका सुचना अधिकारी हिमाल मिश्रले बताए।
क्वारेन्टाइनमा राखीएका मानिस यहाँका स्थानियनै रहेको बताइएको छ।