Kanakai Online

उदाहरणीय वडाध्यक्ष-जसले एक महिनाको तलब दिए गाउँपालीकाको विपद कोषलाई।


मङ्गलवार, चैत ११, २०७६ |

केशब चापागाईं
कनकाई अनलाइन

झापा,चैत ११।झापा गाउँपालीका वडा नम्बर-४ का वडाध्यक्ष राजु भारतीले आफ्नो एक महिनाको तलब गाउँपालीकाको विपद व्यबस्थापन कोषलाई प्रदान गर्ने भएका छन।

भारतीले आफ्ना गाउँवासीलाई कोरोना भाइरसको(कोभिड-१९) संक्रमणबाट बचाउनका लागी अर्थको आबश्यकता हुने हुँदा स्वइच्छाले उक्त रकम कोषलाई प्रदान गरेको गाउँपालीकाका सुचना अधिकारी हिमाल मिश्रले बताए।

भारती यो भन्दा अघिल्ला दिनमा पनि उदाहरणिय काम गरेर निकै चर्चित छन।

पछिल्लो समय देशनै लकडाउन भएको यो परिपेक्षमा झापा गाउँपालीका पनि गाउँवासीमा कोरोना भाइरसको(कोभिड-१९) संक्रमण हुन नदिन हरकदम लागिरहेको छ।

सम्बन्धित खबर