कनकाई अनलाईन
सरकारले कोरोना संक्रमणका लागि सबै पसल तथा संघ संस्था बन्द गर्ने तथा निजि सवारी साधनहरु नकुदाउन उर्दि जारी गरेपनि झापाको प्रमुख व्यापारिक क्षेत्र मध्येको सुरुङ्गामा यसको आंशिक पालना गरिएको पाइएको छ । कनकाई अनलाईनको अनुगमन टोली विहान १० बजे देखि दिउसो एक बजेसम्म सुरुङ्गा बजारको अनुगमनमा निस्कदा सुरुङ्गा बजारमा केहि निजी अटोेरिक्सा र केहि मोटरसाईकलहरु गुडिरहेका थिए ।
सुरुङ्गा सडकमा छिटफुट मोटरसाइकल र ट्याम्पो चलेपनि किराना र तरकारी पसलबाहेक सबै पसलहरु बन्द थिए । सधाझै भीडभाड हुने सुरुङ्गाको नगर अस्पताल सुनसान थियो भने यहाँका सिमित मात्रमा खुलेका किराना पसल र तरकारी पसलमा सामान किन्ने मानिसको भीड लागेको थियो । कनकाई नगरका प्राय सबै औषधि पसल खुल्लै रहेका थिए । प्रहरीको गस्ती पनि वाक्लै रहेको पाइयो ।