कनकाई अनलाईन
कोरोना रोगको रोगथामका लागि नेपालमा आज विहानबाट सरकारले लक डाउनको निर्णय गरेपछि झापा सुरुङ्गामा १० भारतीयहरु अलपत्र परेका छन ।
भारत विहार राज्यमा घर भएका उनीहरु नेपालको पथरीबाट आजैमात्र बिहान सुरुङ्गा आइपुगेका हुन । उनीहरु सुरुङ्गा, शरणामती, कुमरखोद हुदै भारत डिघलबैँक छिर्ने योजनामा थिए तर सुरुङ्गादेखि कुनैपनि यातायातको साधन नचल्दा सुरुङ्गामा अलपत्र परेका हुन । उनीहरु नेपालमा कवाडीका थ्रोत्रा सामान उठाउन नेपाल आएको बताएका छन ।
उनीहरु कसैलाई पनि नेपाली भाषा बोल्न समेत आउदैन । उनीहरु विहानैदेखि सुरुङ्गाबजारमा यताउता भौतारिरहेको दृश्य देख्न सकिन्छ ।
फोटो झोला बोकेका अलपत्र भारतीयहरु सुरुङ्गा बजारमा तस्वीर/ कनकाई अनलाईन