Kanakai Online

लकडाउनमा के–के गर्न पाइदैन


मङ्गलवार, चैत ११, २०७६ |

काठमाडौं । सरकारले आज बिहान ६ बजेदेखि एक सातासम्मका लागि लकडाउन गरेको छ । लक डाउनमा केके गर्नुपर्छ ? केही बुँदाहरु हेरौँ ।

१) सबैजना घरको कम्पाउण्डभित्र वा घरभित्रै बस्ने ।
२) औषधी उपचार वा अत्यावश्यक काममा बाहेक बाहिर निस्कन नपाउने ।
३) एउटा शहरबाट अर्को सहर वा जिल्ला जान नपाइने ।
४) सार्वजनिक वा नीजि सवारी साधन चलाउन नपाउने ।
५) सरकारी अधिकारी, डाक्टर, सुरक्षाकर्मी वा अन्य अत्यावश्यक सेवा दिनेबाहेकलाई हिड्डुल गर्न निषेध ।
६) विश्वविद्यालय विद्यालय वा अन्य बजार बन्द गर्ने । औषधी, तरकारी वा खाद्यान्न बिक्री हुने स्थल खुला रहने तर मास्क अनिवार्य लगाउनुपर्ने ।
७) २५ जनाभन्दा बढी जम्मा हुन पूर्ण प्रतिबन्ध ।
८) रेष्टुरेण्ट, सिनेमा हल पूर्ण रुपमा बन्द ।