Kanakai Online

झापा गापाका कर्मचारीहरुको एक दिनको तलब विपद व्याबस्थापन कोषलाई।


सोमवार, चैत १०, २०७६ |

केशब चापागाईं

झापा,चैत्र १०।झापा गाउँपालीका बन्दको घोषणा गरे पश्चात बनेको कोरोना व्यबस्थापन सहजीकरण  समीतीको पहिलो बैठक आज सम्पन्न भएको छ।

गाउँपालीका अध्यक्ष जय नारायण शाहको अध्यक्षतामा सम्पन्न भेलाले प्रत्येक वडालाई कम्तीमा १/१ हजार मास्क बितरण गर्ने निर्णय गरेको छ।साथै डिल्लीराज माबी र जनता उच्च मावीलाई क्वारेन्टाइन बनाउने निर्णय गरे संगै १०/१० वेड तत्कालै परिपुर्ती गरि क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ।

अत्याबश्यक सामग्री खरिद गर्न बिपत ब्यबस्थापन शिर्षकमा स्वास्थ्य साखाका प्रमुख लक्षमण बिकलाई पेश्की स्वरुप रु एक लाख दिइने निर्णय गरिएको छ।

भेलाले तत्कालै गाउँबासीमा सचेतना फैलाउन माइकिङको व्यबस्था गर्दै सम्पुर्णलाई घरलाई नै क्वारेन्टाइन बनाउन आग्रह गर्ने निर्णय गरेको छ।

यस संवेदनशील परिस्थितिको मुल्याङकन गर्दै गाउँपालीकामा कार्यरत सम्पुर्ण कर्मचारीले(स्वास्थ्य साखा बाहेक) एक दिनको तलब विपद व्यबस्थापन कोषलाई प्रदान गर्ने निर्णय समेत भएको प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताए।गाउँपालीकामा झन्डै ८० कर्मचारी छन।उनीहरुबाट करीब ६०/७० हजार रकम कोषमा जम्मा हुने निरौलाले बताए।

सम्बन्धित खबर