Kanakai Online

कनकाई नगरपालिकामा उपभोक्ताकै कारण ग्यास अभाव


सोमवार, चैत १०, २०७६ |

कनकाई अनलाईन
विश्वव्यापि माहामारीका रुपमा रहेको कोरोना भाइरसका कारण झापाको कनकाई नगरपालिकामा कुनैपनि खाद्यान्न र अत्यावश्यक सामाग्रीको अभाव नभएको कनकाई नगरपालिकाले अनुगमनका क्रममा फेला पारेको छ ।
कनकाई नगरपालिकाको प्रहरी र पत्रकार सहितको अनुगमन टोलीले आज अनुगमन गर्दा कुनैपनि अत्यावश्यक सामाग्रीको अभाव नभएको पाइएको कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले बताउँनुभयो । तर खाना पकाउने सिलिण्डर ग्यास भने अनाश्वय रुपमा उपभोक्ताले घरमा लगेर संञ्चित गरेको कारण बजारमा भने ज्यादै कम मात्रमा पाइएको अनुगमन समितिका सदस्य लक्ष्मीप्रसाद अधिकारीले बताउँनुभयो । एक हप्ताकै लिस्ट बनाउदा कनकाई नगरपालिका क्षेत्रभित्रमात्रै १ हजार ५ सय थान भरिएको ग्यास सिलिण्डर भित्रिएको तथ्याङ्ग भेटिएको छ तर अहिले गएर किराना पसलमा अनुगमन गर्दा केहि थानमात्रै ग्यास संजित रहेको पाइयो, अधिकारीले भन्नुभयो । यता कनकाई नगरपालिकाका सबै वार्डमा वार्डस्तरीय अनुगमन टोली बनाई बजार अनुगमन गर्न सुरुगरिएको छ । नगरपालिकाले अत्यावश्यक औषधि पसल र किराना बाहेक सबै होटल , व्यावसाय लगायातका सहकारी, संघ संस्थाका कार्यालयहरु बन्द गर्न नगरपालिकाले आग्रह गरेको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।

सोमवारको बजार अनुगमन टोलीमा नगरप्रमुख पोखरेल, उपप्रमुख मन्जु प्रसाई , कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्बर गौतम, वार्डध्यक्ष रुद्रप्रसाद चिमरिया, बजार व्यावस्थापन समितिका अध्यक्ष टिका पोखरेल इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख पदमसुन्दर लिम्बु, पत्रकार महासंघ झापाका कार्यसमिति सदस्य लीलाराज झापाली लगायात रहनुभएको थियो । सोमवार पसल तथा होटल बन्द गर्न अटेर गर्ने केहि व्यावसायीहरुको सुची तयार गरिएको र जोरजवरजस्ती गरेको पाइएमा प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा पसलमा तालाबन्दी गरिने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बुले बताउँनुभयो । संकटका वेला कमाउधन्दा भन्दापनि आफ्नो र समाजको स्वास्थप्रति सजग रहन र सरकारलाई सहयोग गर्न नगरपालिकाले व्यापारी र सर्वसाधरणसमक्ष अनुरोध गरेको छ ।
फोटो ः कनकाई नगर अस्पतालको मौजात औषधि बारेमा अनुगमन गर्दै कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई सहितको टीम

सम्बन्धित खबर