Kanakai Online

कुमरखोदका यस्ता दयालु व्याक्ती अग्रवाल


सोमवार, चैत १०, २०७६ |

केशब चापागाईं

झापा,चैत १०।कुमरखोद झापा बजारमा रहेको चन्दा बाबू सपिङ कम्प्लेक्सका मालिक राजु अग्रवालले एक महिनाको भाडा छुट दिने भएका छन।अग्रवालले आफ्नो कम्प्लेक्समा सर्टर भाडामा लिएर पसल गर्नेहरुलाई एक महिनाको भाडा शुल्क मिनाहा गर्ने भएका हुन।

कोरोना भाइरसको संक्रमण रोक्न झापा गाउँपालीकाले गाउँपालीका बन्द घोषणा गरे पछी पसल बन्द राख्नु पर्ने भएकाले ब्यापारीहरु मारमा नपरुन भनेर उक्त कदम चालेको अग्रवालले बताए।

अग्रवालको चन्दा बाबू कम्प्लेक्समा ४८ वटा सर्टरहरु भाडामा छन।करिब २ लाख रुपैयाँ मासिक भाडा उठने अग्रवाल बताउछ्न।

यसको अलावा चाडै कुमरखोद क्षेत्रमा निशुल्क एक हजार मास्क बितरण गर्ने योजना रहेको अग्रवालले बताए।

सम्बन्धित खबर