केशब चापागाईं
झापा,चैत १०।छिमेकी मुलुक भारत तर्फका झापा गाउँपालीकामा पर्ने पाँच वटा सिमा नाकाहरु शिल गरिएको छ।
पन्थापाडा,सुकुम्बासी टोल(खयरबारी),सालमारा,लसुना लगायतका सिमा नाकाहरु बन्द गरिएको असई राजकुमार माझीले जनकारी दिए।नेपाल ससस्त्र प्रहरी बल र जनपथ प्रहरीको संयुक्त टोली सिमामा खटिएको माझीले बताए।
सिमामा अहिले कुनै पनि मानिस आवतजावत गर्न नदिएको ससस्त्र बल कुमरखोदका इनिस्पेक्टर सचिन प्रधानले बताए।
पछिल्लो समय कोरोना भाइरस(कोभीड-१९) को संक्रमणलाई फैलिन नदिन मन्त्रीपरिषदको निर्यणानुसार भारत र चिनमा पर्ने सम्पुर्ण नाकाहरु शिल गर्ने निर्णय भएको थियो।त्यही निर्णयानुसार झापा गाउँपालीकामा पर्ने सिमा नाका शिल गरिएको हो।