Kanakai Online

नेरेसो शरणामतीद्वारा कोरोना सचेतना सबन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न।


शनिवार, चैत ८, २०७६ |

केशब चापागाईं

झापा,चैत ८।नेपाल रेडक्रस सोसाइटी शरणामती उपशाखाले आज बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको (कोभिड-१९) संक्रमण हुन नदिन के सावधानी अपनाउन सकिएला भन्ने बिषयमा एक अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ।

नेरेसो उपशाखा शरणामतीका बर्तमान सभापती केशब बजगाईंको सभापतित्वमा सम्पन्न अन्तक्रिर्यामा विभिन्न संघ संस्थाका पदाधिकारी,सामाजसेवी,बुद्धिजीवीहरुको व्यापक उपस्थिती रहेको थियो।कार्यक्रममा विभिन्न वक्ताहरुले आफ्नो राय व्यक्त गरेका थिए।

श्री न्यु पथिभरा बचत तथा रिण सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर बोहोराले कोरोना भाइरस रोकथाम गर्न छिमेकी मुलुक भारत बाट आवजावत गर्ने मानिसलाई नियन्त्रण गर्नु पर्ने भन्दै मास्क बितरणलाई प्राथमिकतामा राख्न सुझाएका थिए।बोहोराले मास्कका लागि आर्थिक संकलन गर्न हामी सबै संघ संस्था लाग्नु पर्ने भनाइ राखे।त्यस्तै अर्का वक्ता सिदेश्वर मन्दिरका प्रतिनिधि रेवती सिवाकोटीले सबै संग सहकार्य गरेर कोरोना जाच्ने मेसिन खरिद गर्नु पर्ने भनाई राखे।त्यस्तै अर्का वक्ता नेकपाका झापा गाउँपालीका अध्यक्ष रुद्र बजगाईंले दिल्लीका मान्छेलाई कोरोना लाग्दा काठमाण्डौका मान्छे भागे भने हाम्रो देसमा कोरोना आयो भने हामी कहाँ जाने भन्दै स्थानिय सरकारले यसमा छिटो भन्दा छिटो यसको रोकथाममा कदम चाल्नु पर्नेमा जोड दिए।बजगाईंले स्थानिय सरकारले हाट,बजारमा हुने माछा-मासुको बिक्रीलाई तत्काल बन्द गर्नु पर्ने बताए।बजगाईंले कोरोना भाइरस अति संबेदनसिल बिषय भएकाले ठाउँ ठाउँमा तत्काल क्वारेन्टाइनको स्थापना गर्नु पर्ने भन्दै उनले भने “यसमा हामी पनि राजनितिक दबाब दिन्छौ”।उनले नेरेसो सामाजिक संस्था भएकाले यस बिषयमा यस संस्थालाई समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरे।

नेरेसो उपशाखा शरणामतीका संस्थापक तथा सल्लाहकार धनपती रिजालले टोल-टोलमा माएकिङ गरेर मात्र नहुने भन्दै क्वारेन्टाइन स्थापनामै जोड दिए।उनले आफुहरुले सिद्देश्वर मन्दिर अगाडि तत्कालै एक ट्याङ्की राखी साबुनको ब्यबस्था गरेर सार्वजानिक काम गर्न लागिपरेको बताए।त्यस्तै अर्का वक्ता नेपाली कांग्रेस झापा गापा-६ का सभापती मोहन मिश्रले लसुना सिमाबाट आवतजावत गर्ने मानिसलाई चेकजाँच फितलो भएको भन्दै यस विषम परिस्थितीको अन्त्यका लागि आफ्नो पार्टीले हरकदम सहयोग गर्ने प्रतिवद्दता जनाए।

कार्यक्रममा जेष्ठ नागरिक संघ झापा गापाका अध्यक्ष गोपाल प्रसाईं,महिला संजाल झापा गापाकी अध्यक्ष बिन्दा पौडेलले पनि क्वारेन्टाइन र लसुना सिमामा चेकजाँचमा कडाई गर्नु पर्नेमा जोड दिदै कोभिड-१९ को संक्रमणको रोकथाममा आफ्नो संस्थाले हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

मानविय उद्दार समिती शरणामतीका अध्यक्ष एकराज बजगाईंले अहिले हामीलाई कोभिड-१९ को संक्रमण भए/नभएको चेक गर्न पनि काठमाण्डौको टेकुमै जानू पर्ने अबस्था छ भन्दै यस बिषयमा तत्कालै सावधानी अपनाउन सबैलाई सुझाए।उनले आफ्नो संस्थाले तत्काल्लै कोरोना सबन्धी सचेतनामुलक पोसाक सहितका केही प्रतिनिधीहरुलाई गाउँ,टोल बासिन्दालाई सचेतना दिन परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेरेसो शरणामतीका बर्तमान सचिव जितबहादुर कार्कीले संचालन गरेको कार्यक्रममा झापा गाउँपालीका वडा-५ का वडाध्यक्ष दिनेश राजबंशी,वडा-६ का वडाध्यक्ष हरिबहादुर बानियाँ,वडा-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीले सबै वक्ताहरुका सल्लाह,सुझाब सुनेर समृद्धि भनेको जनताको स्वास्थ्य हो भन्दै कोभिड-१९ संक्रमण रोकथामका लागि आफुहरुले जुन-सुकै कदम चाल्न पनि तयार हुने प्रतिबद्धता व्यक्त गरे।बरु बिकासका कामलाई थाती राखेर जनताको स्वस्थ्यमा लाग्ने बताए।

कार्यक्रमको अन्त्यमा स्थानिय स्तरमा पनि हामीले एउटा क्वारेन्टाइनको महसुस गरेउ भन्दै यस कोरोना रोकथामको बिषयमा नेरेसो शरणामती उपशाखाले समन्वयकारी नेतृत्वको भुमिका निर्वाह गर्ने प्रतिबद्धता गर्दै लसुना सिमामा पनि कडाइ गर्न प्रस्ताब गर्ने भन्दै सभापती बजगाईँले कार्यक्रम बिसर्जन भएको घोषणा गरे।

नेरेसो शरणामतीले आजै शरणामती बजारमा करिब २०० जनालाई मास्क बितरण कार्यक्रम गर्ने योजना बनाएको छ।

सम्बन्धित खबर